गोपनीयता नीति — कर्मसाक्षी
अन्तिम अद्यावधिक: २०२६-०९-१३
तल लेखिएका कुरा एपले साँच्चै गर्ने व्यवहार हुन्। एपको व्यवहार फेरिए यो नीति पनि फेरिनेछ।
एपले के लिन्छ
खाता खोल्दा मात्र:
| के | किन |
|---|---|
| इमेल ठेगाना | खाता चिन्न, पासवर्ड बिर्सेको लिङ्क पठाउन |
| नाम | खातामा देखाउन |
| फोन नम्बर | सदस्यता र सम्पर्कका लागि |
| यन्त्रको एउटा पहिचायक | सदस्यता कुन यन्त्रमा चलेको हो भन्ने छुट्याउन |
खाता नखोली एप चलाउन मिल्छ, र त्यसो गर्दा माथिको कुनै पनि लिइँदैन।
एपले के लिँदैन
- ठाउँ (location) — पञ्चाङ्ग र कुण्डलीका लागि ठाउँ छान्नुहुन्छ, तर त्यो
छनोट फोनभित्रै रहन्छ; यन्त्रको GPS पढिँदैन
- सम्पर्क सूची, तस्बिर, फाइल, माइक्रोफोन, क्यामेरा
- विज्ञापन वा विश्लेषणका पहिचायक
फोनसँग माग्ने अनुमति — तीन मात्र
| अनुमति | किन |
|---|---|
| INTERNET | खाता र सदस्यताका लागि मात्र |
| POST_NOTIFICATIONS | दैनिक पञ्चाङ्ग सूचना — तपाईंले स्विच खोले मात्र |
| RECEIVE_BOOT_COMPLETED | फोन खुल्दा सूचनाको समय फेरि मिलाउन |
दिक्सूचक र सूचना
दिक्सूचक ले फोनकै दिशा-सेन्सर पढ्छ। त्यो नाप पर्दामा देखिन्छ, कतै लेखिँदैन र पठाइँदैन। ठाउँ (GPS) यसमा पनि चाहिँदैन।
दैनिक पञ्चाङ्ग सूचना फोनभित्रैको गणनाबाट बन्छ — सर्भरबाट कुनै सूचना पठाइँदैन। स्विच बन्द गरे सबै हट्छन्।
फोनभित्रै रहने कुरा
यजमानका नाम, गोत्र, जन्ममिति, सङ्कल्पका विवरण, कुण्डली, सुरक्षित गरिएका सामग्री — यी सबै तपाईंकै फोनमा रहन्छन् र कहिल्यै पठाइँदैनन्।
पञ्चाङ्ग, कुण्डली र दशाको सारा गणना फोनभित्रै हुन्छ। ग्रन्थ, कर्मकाण्ड र शब्दकोश एपभित्रै छन्। इन्टरनेट नभए पनि यी सबै चल्छन्।
लग्नपत्रिका, चिना, कुण्डली मिलान, पूजा सामग्री र वास्तुको प्रतिवेदन — छाप्ने र PDF बनाउने काम पनि फोनभित्रै हुन्छ। «सेयर» थिचे मात्र फोनको आफ्नै सेयर-पर्दा खुल्छ।
रोमन अक्षरबाट नेपाली सुझाव दिने काम पनि फोनभित्रैको शब्दकोशले गर्छ।
विवरण कसरी सुरक्षित रहन्छ
खाता र सदस्यताका विवरण मात्र हाम्रो सुरक्षित सर्भरमा राखिन्छन्, अनि आदानप्रदान सधैँ गुप्त (इन्क्रिप्ट गरिएको) बाटोबाट हुन्छ।
कति समय राखिन्छ
खाता रहेसम्म। खाता मेटेपछि माथिका सबै विवरण मेटिन्छन्।
खाता मेट्न दुई बाटो छन्:
- एपभित्रै — मेनु → गोपनीयता → खाता मेट्ने
- वेबबाट — खाता मेट्ने पाना
बालबालिका
एप बालबालिकालाई लक्षित होइन, र १३ वर्षमुनिका बालबालिकाबाट जानी-जानी कुनै विवरण लिइँदैन।
बेचिँदैन
तपाईंको कुनै पनि विवरण बेचिँदैन, विज्ञापनदातालाई दिइँदैन, र खाता चलाउने तथा सदस्यता व्यवस्थापन गर्ने बाहेक अरू कुनै काममा प्रयोग हुँदैन।
परिवर्तन
यो नीति फेरिए यहीँ नयाँ मिति सहित लेखिनेछ।
सम्पर्क
help.karmasaakshi@gmail.com
कर्मसाक्षी